अन्नपूर्ण १०: पदभार ग्रहण गर्दै गुरुङले भने- ‘हिजो म थिए अब हामी भनेर काम गर्छु’
कास्की | जेठ १२, २०७९
कास्की: कास्कीको अन्न्पूर्ण गाउँपालिका १० का नवनिर्वाचित वडाध्यक्ष गौतम गुरुङले पदभार ग्रहण गरेसँगै शासक नभई जनताका सेवक भएको बताएका छन् ।
उनले कुनै पार्टीबाट निर्वाचित भएपनि अब सबै जनताको साझा जनप्रतिनिधि भएको धारणा राखे । ‘चुनाव लड्दा जुनसुकै पार्टीबाट आएपनि अब निर्वाचित भैसकेको छु, उनले भने, ‘हिजोका दिनमा म भन्ने थियो अब वडामा आएपछि हामी भन्ने भावनाबाट काम गर्नेछु ।’
उनले निर्वाचनको समयमा घोषणा गरेका प्रतिवद्धतालाई अक्षरश कार्यान्यवन गर्ने बताए । उनले आम नागरिकलाई सरल सेवा प्रदान गर्ने बताउदै सामाजिक सुरक्षा भत्ता अन्तर्गतको जेष्ठ नागरिक भत्ता गाउँपालिका र स्थानिय बैंकसँग समन्वय गरि वृद्व, वृद्वा तथा अपांगहरुलाई टोल–टोलमा वितरण गर्ने प्रतिवद्धता जनाए ।
अध्यक्ष गुरुङले नागरिकलाई प्रदान गरिने दैनिक सेवासँगै विकास निर्माणका कार्यहरुलाई समेत पहिलो प्राथमिकता राखिएको जानकारी दिए । उनका अनुसार सिवै देखि कलाभिरको सडक स्तरोन्नती गर्ने, सिवै घुम्तीदेखि विकासडाँडासम्म पिच गर्न पहल गर्ने, घान्दु्रकमा कोइवोधि निर्माणमा पहल गर्ने, निर्माणाधिन स्वास्थ्य चौकीलाई यथाशिघ्र सम्पन्न गरि सञ्चालनमा ल्याउने, खोलोभ्रो बसपार्क तथा गाउँको ढलको व्यवस्थापन गर्ने, बस्ती भित्र आवश्यक सिँढीहरु निर्माण गर्ने, स्थानीयहरुलाई उत्पादनमुखी कार्यमा अभिप्रेरित गर्ने, शवदाह स्थल निर्माण गर्ने, कोटगाउँ लगायतमा खानेपानीको व्यवस्थापन गर्ने, एक घर एक धाराको अभियान हरेक टोलमा सम्पन्न गर्ने लगायतका कार्ययोजनाहरु अघि सारिएको छ ।
पोखरा । पोखरामा दोस्रो संस्करणको स्व. बखत बहादुर मेमोरियल ३५ प्लस भेट्रान्स फुटसल प्रतियोगिता सुरु भएको छ । मेजर एफसीको आयोजनामा पोखरा १३ स्थित खेलकुञ्जमा आजदेखि स्व. बखत बहादुर मेमोरियल ३५ प्...
पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सञ्चार क्षेत्रलाई समावेशी, पारदर्शी र व्यावसायिक रूपमा सबल बनाउन प्रदेश सरकार प्रतिबद्ध रहेको बताएका छन् । प्रेस रजिस्ट्रारको का...
पोखरा । पोखरामा ठूलो परिमाणको लागुऔषधसहित एक जना युवक पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय कास्की र लागुऔषध नियन्त्रण ब्यूरोको संयुक्त टोलीले पोखरा महानगरपालिका २७ तालचोकब...

